ट्रेलरमा हेर्नुस् ‘मनसँग मन’ (भिडियो)

फिल्म। माघ २७ गतेबाट प्रदर्शनमा आउने कैलाश राईद्वारा निर्देशित फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक २ मिनेटको ट्रेलरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको प्रेममा आउने उतार-चढावलाई देखाइएको छ ।

अरुण तामाङ निर्माता रहेको फिल्ममा रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान, शान्ति दालगायतको पनि अभिनय छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्मित फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ ।

सन्तोष खवासको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत रहेको फिल्ममा समावेश ‘मेरो त भाग्य’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् । यो गीत दुई वर्ष अगाडि नै युट्युबमा सार्वजनिक भएको थियो । लकडाउनअघि ‘चालबाज’ नाममा छायांकन भएको फिल्मको पछि नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो ।

कमेन्ट गर्नुहोस्