‘फिल्मको माध्यमबाट जनचेतना फैल्याउनु पर्छ’ मन्त्री मगर

फिल्म । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले नेताले बोलेर जनतालाई फैल्याउने चेतना भन्दा कलाकारले कला मार्फत प्रस्तुत गर्ने चेतनाको सन्देश बढी प्रभावकारी हुने बताएकी छन् । मंगलबार राजधानीमा आयोजित फिल्म ‘सरौतो’ को ट्रेलर सार्वजनिक कार्यक्रममा अतिथिका रुपमा पुगेकी मन्त्री मगरले आफ्नो मन्तव्यको क्रममा भनिन् ‘फिल्म सरौतोले महिला शक्तिकरणको कथा बुलन्द रुपमा उठाएको छ । यसको विषयवस्तु राम्रो लागेर म पनि सहभागी भएकी हुँ ।’

सगरमाथाको सफल आरोहन गर्ने एक मात्र मन्त्रीको रुपमा समेत परिचित उनले महिला सशक्तिकरणको बिषय पहिल्यैदेखि उठाउँदै आएको बताएकी मन्त्री मगरले सारौतो फिल्म सबैले हेर्नुपर्ने फिल्म बनेको आफुले बुझेको बताइन् । मन्त्री मगरले नेपाली फिल्म र कलाकारिता समाजसँग पनि जोडिएको विषय भएकोले कलाकारले आफ्नो कला र सृजनामार्फत समाज निर्माणमा पनि योगदान पुर्याउनुपर्ने धारणा राखेकी थिइन् ।

उनले सार्वजनिक ट्रेलरमा लिड फिमेल सुमी मोक्तानले प्रस्तुत गरेको द्वन्दको तारिफ गर्दा महिला सबल रहेको तर यसको लागि आट चाहिने बताइन । सुमीले सांकेतिक भाषा सिक्न झन्डै ८ महिना समय लगाएकी थिइन् भने उनले दुइ वर्ष मार्सल आर्टको पनि प्रशिक्षण लिएकी थिइन् । फिल्मले एक महिलाको संघर्षको कथा बोकेको छ ।

विज्ञापन

फिल्ममा सुमीसँगै सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, माइसा पुन मगरलगायतको पनि अभिनय छ । विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको छ । राजनराज शिवाकोटी, पुष्पन प्रधान र कमल खत्रीको संगीत रहेको छ । फिल्म कार्तिक २२ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा सिर्जना जोशी महर्जन , सुमन थपलिया र लक्ष्मी तामाङको लगानी रहेको छ । फिल्ममा श्री महर्जन सह-निर्माता रहेका छन् ।

कमेन्ट गर्नुहोस्