दिवाकर र दीपिकाले कसे लगनगाठो

तस्वीर : सुदिप बराल

फिल्म । निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँले विवाह गरेका छन् । इन्गेजमेन्ट र कागजी विवाह गरिसकेका उनीहरु अब हिन्दू परम्परा अनुसार पारिवारिक जमघटका बीच लगनगाठो कसेका हुन् । यी दुइले प्रेम जीवनलाई विवाहमा परिणत गरेका हुन् । विवाहमा डिओपी सुदिप बराल र कलाकार प्रशान्त ताम्राकार पुगेका छन् । यी दुइले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै शुभकामना दिएका छन् । दिवाकर सिन्धुलीबाट जन्ती लिएर दीपिकाको घर धनगढी पुगेका हुन् ।

दीपिकाले दीवाकर निर्देशित फिल्म ‘ऐश्वर्य’ बाट डेब्यू गरेकी थिइन् । फिल्मको छायांकन सकिए लगत्तै उनीहरुले गोप्य रुपमा इन्गेजमेन्ट र कानुनी विवाह गरेका थिए । ‘ऐश्वर्य’ रिलिजपछि यी दुईको सम्बन्धलाई लिएर फिल्मनगरीमा चर्चा सुरु हुन थालिसकेको थियो । तर, दुबैले यो कुरा लामो समयसम्म लुकाएरै राखेका थिए । दिवाकर र दीपिकालाई दाम्पत्य जीवनको शुभकमना , जय होस् परिवारको तर्फ।

कमेन्ट गर्नुहोस्