फिल्म । दसैँमा हल पुग्ने दर्शकलाई लक्षित गर्दै फिल्म ‘महापुरुष’ को हल ट्रेलर रिलिज गरिएको छ । फिल्म हेर्न पुग्नु भएको दर्शकहरूले रुचाएको छन् । दसैँमा हलमा फिल्म हेर्ने दर्शककोहरूलाई मध्यनजर गर्दै हल ट्रेलर रिलिज गरिएको कलाकारसँगै कार्यकारी निर्माता समेत रहेका रबिन्द्र सिंह बानियाँले बताए । ‘हामीले राम्रो प्रतिक्रिया पनि पाइरहेका छौँ । फिल्मको नियमित दर्शक र फिल्मकर्मीको प्रतिक्रियाले हामीलाई सघाएको छ,’ अभिनेता बानियाँले भने ।
इन्टरनेटमा ट्रेलर रिलिज भने आउँदो साता गरिने उनले बताए । ‘हलमा भन्दा केही फरक इन्टरनेटमा आउने ट्रेलर हुनेछ । हामी आउँदो साता सार्वजनिक गर्ने तयारीमा छौँ,’ उनले भने । ट्रेलरमा फिल्मको कथासारसँगै सम्पूर्ण चरित्रको बारेमा पूर्ण जानकारी पाउने उनले बताए । फ्याम्ली ड्रामा मार्फत समाजमा विधमान सोचलाई भत्काउने प्रयाश गरिएको लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईले बताए ।
‘समाजको महत्वपूर्ण विषयमा फिल्मी शैलीमा सरल रुपले देखाउने प्रयाश गरेका छौँ । हामीले फिल्मलाई अभिभावकको आँखाबाट देखाउने छौँ । यसलाई स-परिवार बसेर हेर्न सक्नुहुनेछ,’ निर्देशक भट्टराईले भने । फिल्मको मुख्य अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारी पश्चात नेपाली फिल्मबजार बढी नै उतारचढाव देखिएको बताउछन् । उनले अहिले आर्ट र कमर्सियल भ्यालु बोकेको फिल्म बजारमा दर्शकले पर्खिरहनु भएको विचार राख्दै त्यो ‘महापुरुष’ रहेको बताए ।
‘अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नु भएको छ । महापुरुषमा यी दुवैको मिश्रण छ । यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ’ अभिनेता आचार्यले भने । नेपाली फिल्मको बढ्दो बजारलाई यसले अझैँ फाईदा पुर्याउने उनको बुझाइ छ । अभिनेता आचार्यले निर्देशक प्रदीप भट्टराईसँग टेलीफिल्म हुँदै शत्रु गतेमा पनि काम गरिसकेका छन् । मह जोडीकै टेलीफिल्महरु मार्फत मुख्य सहायक निर्देशक हुँदै निर्देशक बनेका भट्टराई अझै परिपक्क भएको अभिनेता आचार्यको बुझाई छ । जात्रा , शत्रु गते र जात्रै जात्राको सफलताले आफू लगायत टिममा दायित्व थपिएको निर्देशक भट्टराईले बताउछन् । ‘हामीलाई दर्शकले गर्नुहुने विश्वाशले थप जिम्मेवार बनाएको छ । समाजमा विधमान सोचलाई भत्काउने प्रयाश हाम्रो हो,’ उनले भन्नुभयो ।
सामाजिक विषयवस्तुमा आधारित फ्यामिली ड्रामामा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ , रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यहिँ फिल्म मार्फत अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यु गर्दैछन् । यसमा निर्देशक भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ छन् । फिल्ममा दीपक बज्राचार्यले छायांकन , मित्र डी. गुरुङले सम्पादन गरेका हुन् । यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारको रुपमा फिल्ममा डेब्यु गर्नुभएको छ ।
षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकार समेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् । ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरूष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरु भन्दा यसपटक झनै माझिएका छौँ’ उनले भने । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।










