इण्डियनको सिक्वेलमा अभिषेक

फिल्म । बलिउड अभिनेता अभिषेक बच्चनले साउथ इण्डियन फिल्म ‘इण्डियन २’ मा काम गर्ने भएका छन् । निर्देशक शंकरको निर्देशनमा तयार हुने फिल्ममा मुख्य भूमिकामा कमल हसन छन् । फिल्ममा कमल सेनापतिको भूमिकामा छन् भने उनको को-स्टार छिन् , काजल अग्रवाल । दर्शकले फिल्ममा यी दुईको रोमान्स समेत देख्न पाउनेछन् ।

अघिल्लो फिल्म ‘विश्वरुपम’ मा देखिएका कमलले यसमा पनि आफुलाई एक्सन अवतारमा प्रस्तुत गर्नेछन् । फिल्मको लागि अभिषेक अगाडी नै केहि कलाकारलाई अफर नगरिएको भने होइन तर समय व्यस्तताको कारणले उनीहरुले स्वीकार गर्न सकेनन् । यसैले गर्दा अभिषेकलाई प्रस्ताव गयो , जसलाई उनले स्वीकारे । पछिल्लो समय ‘मनमर्जिया’ मा देखिएका अभिषेकले यसमा आफुलाई फरक भूमिकामा प्रस्तुत गर्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्