‘पुष्पा : द रूल’ को छायांकन सुरु

फिल्म । आउँदो डिसेम्बरमा रिलिज गर्ने तयारी सहित फिल्म ‘पुष्पा : द रूल’ को छायांकन सुरु भएको छ । पहिलो संस्करणले पाएको सफलताले हौसिदै निर्माण समुहले यसलाई ठुलो क्यानभासमा निर्माण गर्दैछ । भारतभर प्रदर्शनमा आउने फिल्मलाई हिन्दी , तेलुगु , तामिल , मलयालम र कन्नडा भाषामा निर्माण गरिने छ । फिल्मको बजेट ३ सय करोड भनिएको छ । अल्लु अर्जुन र रश्मिका मन्दानाको मुख्य भूमिका रहने फिल्मको छायांकन सोमबारदेखि सुरु भएको छ ।

दर्शकले यो वर्ष प्रतीक्षा गरेको फिल्म मध्ये ‘पुष्पा : द रूल’ अग्रपंक्तिमामा छ । सुकुमार निर्देशित फिल्म पुष्पा : द राइजमा अल्लु अर्जुनले रक्तचन्दन ओसारपोसार गर्ने एक लरी चालकको भूमिका निर्वाह गरेका छन् ।

कमेन्ट गर्नुहोस्