‘कर्ली कपाल’ मा अनमोलसँगै भुवन र नीरुता (भिडियो)

फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘क्याप्टेन’ को प्रमोसनल गीत ‘कर्ली कपाल’ सार्वजनिक गरिएको छ । लोक शैलीको गीतमा युवास्टार अनमोल केसीले पहिलो पटक कम्मर मर्काएका छन् भने यसमा भुवन केसी र नीरुता सिंह पनि फिचर्ड छन् । गीतमा अनमोल र भुवनको केमेष्ट्रीलाई देख्न सकिन्छ भने यता अनमोल नीरुता र भुवन नीरुता पनि पर्फेक्ट देखिएकाछन् ।

यिनलाई कोरियोग्राफ गरेकी रेनशा वान्तवा राईले आफुलाई भाग्यमानी फिल्म गरिन । ‘मैले एउटै गीतमा दुइ पुस्तासँग काम गर्न पाए निकै खुसि छु’ रेनशा भन्छिन् ‘भुवन दाइ र नीरुता दिसँग काम गर्ने ईच्छा थियो , किनकी उहाँहरु मेरो सुपरस्टार हुनहुन्छ ।’ उनले भुवन र नीरुताको हिट नम्बरमा नृत्य गर्दै आफुले कोरियोग्राफर बन्ने सपना देखेर यहाँसम्म आइपुगेको पनि बताइन । गीतलाई फिल्मकै कथा अनुसार नै छायांकन गरिएको भुवनले बताए । ‘हामीले गीतलाई भव्य बनाउने भन्दा पनि फिल्मकै लयअनुसार बनाउने कोसिस गरेका छौ’ भुवनले भने ‘फिल्मले नेपालीको कथा भन्छ , क्याप्टेनले हरेक खेलाडीको प्रतिनिधित्व गर्छ ।’गीतमा मेलिना राई र एसडी योगीको स्वर सुन्न सकिन्छ ।

एसडी योगी र सुशान्त गौतमको संगीत रहेको गीतका रचनाकार हर्क साउद र मनिष ढकाल हुन् । फिल्ममा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि अभिनय छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको फिल्ममा सुदिप बरालको छायांकन छ । भुवन केसी निर्मित फिल्मको कथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् भने यसमा सुदिप बरालको डिओपी , दिर्घ खड्काको सम्पादन , उत्तम न्यौपानेको ब्याकग्राउण्डस्कोर रहेको छ ।

कमेन्ट गर्नुहोस्