कलाकार संघले मनायो स्थापना दिवस

फिल्म । नेपाली कलाकारहरुको छाता संस्था नेपाल चलचित्र कलाकार संघले ३५औँ स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ । विसं २०४५ भदौ २३ गते स्थापना भएको संघको दुई दिने कार्यक्रम अन्तर्गत शनिवार सम्मान, मानार्थ सदस्यता प्रदान, अवधारणापत्र प्रस्तुती र त्यसमाथी टिप्पणी लगायतका कार्यक्रम सम्पन्न भएका थिए । यस्तै, आइतबार योगगुरु राम पाण्डेद्वारा योग अभ्यास, डा. विकासानन्दद्वारा मोटिभेसन लेक्चर र डा. श्याम खड्काद्वारा चिकित्सकिय परामर्श भईरहेको अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

‘हामीले स्थापना दिवसलाई सिर्जनात्मक गतिविधीमार्फत सम्पन्न गर्दैछौं । यसले हाम्रो संघलाई दीर्घकालीन रुपमा फाईदा पुग्नुका साथै आगामी कार्यदिशा तय गर्न मदत गर्छ’, अध्यक्ष निरौलाले भने । कार्यक्रममा संघको तर्फबाट संविधानविद् भिमार्जुन आचार्य, धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्यञ्जु, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, दन्त चिकित्सक डा सुवास घिमिरे, खेलकुदकर्मी बिष्णु गोपाल श्रेष्ठलाई मानार्थ सदस्यताको परिचयपत्र प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्