कल्याणकारी कोषलाई भुवन , चैत्य र बसुन्धराको सहयोग

फिल्म । भूवन चैत्य बसुन्धरा फाउण्डेशनको कार्यसमितिको बैठकले स्थापना वर्ष २०७६ को हरिश भुवन चन्द पुरस्कार, चैत्यदेवी सिंह पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार नेपाल चलचित्र विकास बोर्ड अन्र्तगतको फिल्मकर्मी कल्याण कोषलाई अर्पण गर्ने निर्णय गरेको छ । प्रेस विज्ञप्ति जारि गर्दै यस निर्णयको जानकारी गराइएको हो ।

तिनै पुरस्कारको राशी जनही ५१ हजार राखिएको छ , तसर्थ तिनै पुरस्कारको कुल राशी एक लाख त्रिपन्न हजार नगद सहित ताम्रपत्र आउँदो जेष्ठ २२ गते एउटा विशेष समारोहको आयोजना गरि हस्तान्तरण गरिने समेत जनाइएको छ । बसुन्धरा भुसाल, भुवन चन्द र चैत्य देवी सिंहको छनौट समितिले सिफारिस गरे अनुसार कल्याण कोषलाई पुरस्कार अर्पण गर्ने निर्णय गरिएको हो ।

‘हाम्रो आशय नै सहयोग होस् भन्ने हो त्यसैले कल्याणकारी कोष मार्फत नै सहयोग गर्ने निर्णय गरेका हौ’ फाउण्डेशनकी अध्यक्ष बसुन्धरा भुसालले बताइन । चलचित्र विकास बोर्डमा केशव भट्टराईले अध्यक्ष पदभार सम्हाले लगतै फिल्मकर्मीको आध र विश्वास बढ्न थालेको छ । यसअघि वरिष्ठ कलाकार श्री जयनेन्द्र चन्द ठाकुरलाई औषधोपचारकालागि फाउण्डेशनको तर्फबाट बैशाख १२ गते रु.२१०००।– नगद सहयोग उपलब्ध गराएको थियो ।

यसै वर्ष स्थापना गरि विधिवत रुपमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको फाउण्डेशनको कार्यकारिणी समितिमा अध्यक्ष बसुन्धरा भुसाल, उपाध्यक्ष भुवन थापा चन्द, चैत्यदेवी सिंह, सचिव मोहन निरौला, सह–सचिव चेतनारायण भुसाल, कोषाध्यक्ष माइकल डी चन्द ठकुरी, सदस्य प्रेम बम्जन (पुष्कर लामा), अञ्जु रञ्जितकार, राजु प्रसाद धिमाल तथा संरक्षक सृजना पाठक, शैलेश भुसाल, शिला चन्द रहेका छन् ।

कमेन्ट गर्नुहोस्