‘रोयल एअरफोर्स’ सँग जोडीए निकेश

फिल्म । निकेश लिम्बु नेपाली फिल्मको लागि परिचित नाम बनिक्सकेका छन् । फिल्म ‘हसियाँ’ मार्फत सह निर्माताको रुपमा उदाएका निकेश त्यसयता फिल्म निर्माणमा समेत सक्रिय छन् । बेलायतमा बसोबास गर्ने निकेश पेसाले ब्रिटिस आर्मी रहिसकेता पनि उनको रूची कला क्षेत्रमा उत्तिकै छ । उनी निर्माण, निर्देशन र फोटोग्राफीमार्फत परिचित छन् ।

उनले सामाजिक सञ्जालमा समेत आफूले खिचेका तस्विर राखेका छन् । जसले उनको रूची र क्षमतालाई प्रस्ट्याएको छ । फिल्म निर्देशन सम्बन्धी अध्यन गरेर सर्ट फिल्म निर्देशन समेत गरिसकेका निकेश हालै रोयल एअरफोर्ससँग जोडिएका छन् । उनी त्यहाँ मेडिया विभागमा रहेर काम गर्नेछन् ।

‘आफ्नो रूचीको क्षेत्र फोटोग्राफीसँग सम्बन्धित रहेर काम गरिरहेको छु । रोयल एअरफोर्ससँग जोडिन पाउँदा उत्साहित छु’, निकेशले भने । फिल्म निर्माताको रुपमा समेत उनले सामाजिक संदेश प्रवाह गर्ने गरेका छन् ।

उनले निर्माण गरेको फिल्म ‘रातो घर’ले नेपालको पूर्वी बोर्डरमा हुने घटनालाई चित्रण गरेको थियो भने ‘ब्लाइन्ड रक्स’मा उनले आफ्नो दुई वटै आँखाको ज्योति गुमाएकी दृष्‍टिबिहिन सृष्टी केसीको जीवनीलाई उतारेका थिए । यिनले निर्माण गरेको फिल्म ‘हृदय भरी’ मा भने प्रदर्शनको पर्खाइमा छ ।

कमेन्ट गर्नुहोस्