फिल्म । जात्रा र यसको सिक्वेल निर्माण गरेको टिमले ‘महापुरूष’ घोषणा गरेका छन् । जात्रा सिरिजमार्फत आफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याई सकेका निर्देशक प्रदीप भट्टराई सहित सम्पूर्ण टिमले सामाजिक सञ्जाल मार्फत फिल्म ‘महापुरूष’ घोषणा गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , गौरी मल्लको अभिनय रहनेछ । वैशाखमा फिल्मको छायाङ्कन गर्ने तयारी रहेको निर्माण पक्ष रिलिजका लागि समेत वितरकहरुसँग छलफल गरिरहेको छ ।
टाइटल फाइनल गरिएको फिल्म ‘महापुरुष’ मा निर्देशक भट्टराईकै लेख्न रहेको छ । जात्रामार्फत निर्देशनमा डेब्यू गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका ‘शत्रुगते’ र ‘जात्रै जात्रा’लाई पनि दर्शकले रुचाए । यसैले गर्दा पनि आउँदो फिल्ममा झनै जिम्मेवारी थपिएको उनी बताउँछन्। ‘डेब्यु फिल्ममै पाएको सफलताले म माथि जिम्मेवारी थपिएको महसुस गरेको छु,’ उनले भने, ‘मैले दर्शकमाझ बनाएको विश्वासलाई गुमाउनु छैन बरु बढाउनु पर्ने छ।,’ निर्देशक भट्टराईले भने ।










