फिल्म । अल्लू अर्जुनलाई विश्वव्यापी रुपमा चर्चित बनाउने काम फ्रेन्चाइजी फिल्म ‘पुष्पा २’ ले गर्यो । यसको दुई शृंखलामार्फत अल्लु अर्जुनले आफूलाई ठूलो भारतीय स्टार बनाउन सफल भए । यसको दोस्रो शृंखलाले अठार सय करोड भारु कमाइ गरेको निर्माण पक्षले दावी गरेका छन् । फिल्मले व्यापारिक सफलता हासिल गरेसँगै यसको थप सिक्वेल कहिले बन्छ ? दर्शकहरूमा चासो बढेको छ । निर्माण टिमका अनुसार ‘पुष्पा ३’ पनि बन्ने भएको छ ।
निर्देशक सुकुमारले ‘पुष्पा २’ मै यसको आगामी शृंखला बन्ने घोषणा गरिसकेका छन् । यद्यपि कहिले छायांकन हुन्छ र अन्य कलाकार को हुन्छ भने विषयमा टुङ्गो लागिसकेको छैन । अल्लू अर्जुनले एउटा फिल्म एटलीसँग र अर्को त्रिविक्रम श्रीनिवाससँग गर्दैछन् । यी दुई फिल्महरू पूरा हुन झण्डै २ वर्ष लाग्नेछ । त्यसपछि मात्रै ‘पुष्पा ३’को काम अगाडि बढ्ने भारतीय मिडियाले अनुमान गरेका छन् ।











