टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल

देश । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेसँगै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीसँग कांग्रेस कार्यकर्ता नै नियुक्त भएका छन् ।

यसअघि, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल नेतृत्वको समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा सङ्गीता पहाडी अर्याल, बुद्धि आचार्य र सुनिल पौडेल रहेका थिए ।

कमेन्ट गर्नुहोस्