कोरोना भाइरस : संक्रमितको संख्या १६ लाख नजिक

विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १५ लाख ९६ हजार ४ सय ९६ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या ९५ हजार ५ सय ६ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार ३ लाख ५४ हजार ६ जना निको भएका छन् ।

इटालीमा मृतक संख्या १८ हजार २ सय सय ७९ पुगेको छ भने संयुक्त राज्य अमेरिकामा मृतक संख्या १६ हजार ४ सय ९८ पुगेको छ । यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ४३ हजार ६ सय २६ पुगेको छ भने अमेरिकामा संक्रमितको संख्या ४ लाख ६४ हजार ८ सय ६५ पुगेको छ ।

स्पेनमा मृतक संख्या १५ हजार ४ सय ४७ पुगेको छ भने संक्रमितको संख्या १ लाख ५३ हजार २ सय २२ पुगेको छ । फ्रान्समा मृतक संख्या १२ हजार २ सय १० पुगेको छ भने संक्रमितको संख्या ८६ हजार ३ सय ३४ पुगेको छ । बेलायतमा मृतक संख्या ७ हजार ९ सय ७८ र संक्रमितको संख्या ६५ हजार ७७ पुगेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्