युरो २०२० : यी हुन् अन्तिम ८

खेलकुद । युरो २०२० को क्वार्टरफाइनल समिकरण बुधबार विहान अन्तिम १६ को अन्तिम खेल सकिँएसँगै पुरा भएको छ । अन्तिम आठमा बेल्जिमय, चेक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले स्थान पक्का गरेका छन् । यस प्रतियोगितामा क्वार्टरफाइनल अन्तर्गतको खेलहरु आगामी शुक्रबारदेखि सुरु हुनेछन्।

क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड भर्सेस स्पेनको खेल शुक्रबार राति ९:४५ बजे , बेल्जियम भर्सेस इटालीको खेल शुक्रबार राति १२:४५ बजे , चेक गणतन्त्र भर्सेस डेनमार्कको खेल शनिबार राति ९:४५ बजे र युक्रेन भर्सेस इंग्ल्यान्डको खेल शनिबार राति १२:४५ बजे हुनेछ ।

कमेन्ट गर्नुहोस्