विदेश । अमेरिकाको प्रतिष्ठित अवार्ड ‘शो फेष्ट अवार्ड २०२२’ नेपाली युवा प्रकाश थापाले प्राप्त गरेका छन् । नेपाली सफल युवा व्यवसायी, तेक्वान्दो मास्टर तथा एक्शन फर नेसन्स (AFN) का संस्थापक अध्यक्ष थापालाई उक्त अवार्ड बलिउड एक्ट्रेस मलाइका अरोराले प्रदान गरेकी हुन् । अमेरिकाको क्यालिफोर्निया स्थित सिलीकन भ्यालीमा आयोजना गरिएको अवार्ड प्रदान गर्दै एक्ट्रेस मलाइकाले सामाजिक क्षेत्रमा अझै उत्तरदायी रहन आग्रह गरिन् । साथै, थापाले अवार्ड र सम्मानले सामाजिक क्षेत्रमा लाग्न अझै हौसला मिलेको प्रतिक्रिया दिए ।
अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तिकरणका लागि सञ्चालन गरिएको आत्मरक्षा तालिम मार्फत विश्वव्यापी प्रभावका लागि शो फेस्ट सोसल अवार्ड २०२२ बाट सम्मानित गरिएको अवार्ड जित्ने थापा एक मात्र नेपाली हुन । शो फिष्ट संस्थाले प्रत्यक वर्ष महिला सशक्तीकरण, युवा सशक्तिकरण, सुचना प्रविधि लगायतका विभिन्न १० विधामा काम गर्ने विश्वभरका विभिन्न व्यक्तिहरुलाई अवार्ड प्रदान गर्ने गरेको छ ।











