देश । कर्णाली प्रदेशमा ८ जना नयाँ संक्रमित भेटिएका छन् । विहीबार प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमित सबै दैलेखमा भेटिएका हुन् । दैलेख अन्तर्गतको नारायण नगरपालिका अन्तर्गतको वडा नम्बर १ मा २६ वर्षीय पुरुष , वडा नम्बर ३ मा १९ , ३० , ३६ र ४० वर्षीय पुरुष , वडा नम्बर ४ मा १ वर्षीय बालक र २० वर्षीय महिला तथा वडा नम्बर ५ मा १७ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको हो ।
उनीहरु सम्पूर्ण स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएको छ । यसैगरी कर्णाली प्रदेशमा ८ नयाँ संक्रमित देखिएसँगै कुल संक्रमितको संख्या ४६ पुगेको छ । बुधवार मात्र कर्णाली प्रदेशमा एकै पटक १५ जनामा संक्रमण पुष्टी भएको थियो । बुधवार पुष्टी भएकाहरु वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका २ महिला र १ पुरुष रहेका छन् । अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको जनाइएको छ । पछिल्लो अपडेटसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ सय ८९ पुगेको छ ।









