‘महान मित्र गुमायौँ’

देश । नेपालका पूर्व प्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनबाट नेपालले एक महान मित्र गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेका हुन् । नेकपा विदेश विभाग प्रमुख समेत रहेका वरिष्ठ नेता नेपालले मुखर्जीको निधनले यो क्षेत्रले नै एउटा नेतृत्वदायी राजनेता गुमाएको भनेका छन् ।

लामो समयदेखि बिरामी रहेका मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ । मस्तिष्कको सर्जरी गरेर दिल्लीस्थित आर्मी आरआर अस्पतालमा उपचाररत उनी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितसमेत बनेका थिए । सोमबार उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका थिए ।

कमेन्ट गर्नुहोस्