सशस्त्रको अस्पतालमा कोरोनाको मात्र उपचार

4 Shares

देश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का कारण जनजीवन सहज छैन । विश्वनै यसको चपेटामा परेको छ । विश्वनै यातिबेला कोरोना भाइरसलाई कसरी फैलिन नदिने र यसको जोखिम घटाउने विश्वमा सोच मग्न छ । हालसम्म यसको औषधि पत्ता नलागेता पनि यसको उपचार अन्य विधि मार्फत भईरहेको छ । गत नोभेम्बरमा चीनको वुहानबाट फैलिएको यो भाइरसले यतिबेला अमेरिका र युरोपमा फैलिरहेको छ ।

नेपाल सरकारले पनि उत्पन्न हुन् सक्ने परिस्थितिलाई ख्यालमा राख्दै सतर्कता बढाई रहेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) का सम्भावित बिरामीको उपचारका लागि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताललाई डेडिकेटेड कोरोना अस्पताल बनाउने निर्णय गरेको छ । हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र कोभिड–१९ को परीक्षण तथा उपचार हुने व्यवस्था रहेकोमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले शनिबार सशस्त्रको अस्पताललाई डेडिकेटेड बनाउन पूर्वाधार व्यवस्थापन गर्ने र त्यहाँ उपचाररत बिरामीलाई तत्काल अन्यत्र सार्ने निर्णय गरेको हो ।

राजधानीका अन्य ठूला चार अस्पताललाई पनि संकट आइपरे उपचार गर्न सकिने गरी तयारी अवस्थामा राख्ने निर्णय समेत भएको छ। स्वास्थ्य सचिव यादव कोइरालाका अनुसार शिक्षण, वीर, पाटन र वीरेन्द्र सैनिक अस्पताललाई विकल्पका रूपमा तयार राख्ने निर्णय भएको हो । आपत्कालीन अवस्थामा यी ठूला अस्पताललाई प्रयोग गर्दा करिब ७ हजार बिरामीलाई एकैपटक उपचार गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्