गोपीकृष्णमा २ संचालनमा आउने

फिल्म । नेपाली दर्शकको राम्रो भिडभाड हुने हल गोपीकृष्ण मुभिज अहिले बन्द छ । केहि समय अगाडी काठमाण्डौको चाबहिलमा रहेको गोपिकृष्ण हल भत्काइयो । ७ वटा पर्दा रहेको गोपीकृष्णमा गोपि, कृष्ण, राधा र मिरा हल भत्काएको हो । यद्दपी ओम , नम र शिवाय भने आउँदो शुक्रबारबाट संचालनमा आउने भएको छ । सपिङ मल बनाउने योजना अनुसार हल भत्काइएता पनि यहिँ फागुन २० बाट तीन वटा हलमा फिल्म प्रदर्शन हुने गोपीकृष्ण सिनेमाका जेनेरल म्यानेजर प्रदीप दाहालले बताए ।

‘हामीले तीन पर्दालाई आउँदो शुक्रबारबाट सुरु गर्दैछौँ’ जीएम दाहालले भने । उनले गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘म यस्तो गीत गाउँछु २’ हेर्न धेरै दर्शक आएको बताए । ‘जसलाई हल भत्किएको थाहा छैन , उहाँहरु आएर फर्किनु भएको छ । म आफै पनि फिल्मकर्मी भएकाले निकै दु:ख लागेको छ’ दाहालले भने । उनले गत फागुन १३ गतेबाट नै हल संचालनमा ल्याउने तयारी गरेता पनि विविध कारणले आउँदो शुक्रबार मात्र संचलानमा आउने बताए ।

‘प्राविधिक कारणले हामी एक हप्ता ढिलीएका हौँ । आउँदो साताबाट म यस्तो गीत गाउँछु २ र लप्पन छप्पन २ दर्शकले हेर्न पाउनु हुनेछ’ दाहालले बताए । उनले रेड , ग्रीन र ब्लु नाम दिएर तीन हल तयारी गरिएको जनाए । जसमध्ये आउँदो फागुन २० बात २ हल संचालनमा आउनेछन् । रेडमा सम्पूर्ण सिट नै रेड रहेका छन् भने ग्रीन र ब्लुमा पनि उस्तै थिम छ । प्रत्येक हलमा १ सय ७६ सिट क्षमता रहेको समेत उनले बताए ।

यसैगरि निर्माणाधीन सपिङ गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २ तला पार्किङ, ४–५ तला सपिङ सेन्टर, लज, रेष्टुरेन्ट, स्विमिङ पूल बन्ने र छतमा गोपि र कृष्ण नाममा २ वटा हल संचालन बताइएको छ । फिल्मको भीडभाड देखाउन होस् या कलाकार तथा निर्माता–निर्देशकले दर्शकसँग सिधै साक्षात्कार गर्नका लागि सबैभन्दा उत्तम गोपीकृष्ण हलको भिडभाड कलाकारसँगै दर्शकले पनि मिस गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्