फिल्म । कोरोना भाइरस (कोभिड १९) ले गर्दा यतिबेला विश्वका अधिकांस देशमा लकडाउन गरिएको छ । लकडाउनलले गर्दा मनोरञ्जन क्षेत्रलाई पनि उत्तिकै असर गरेको छ । बलिउडमा ठुला बजेटमा निर्माण भएको फिल्मलाई समस्या परिरहेको छ । यसै बीच फिल्म ‘ब्रह्मास्त्र’ को पहिलो पार्टको पोस्टप्रोडक्सनको काम भने नरोकिने भएको छ । निर्देशक आयन मुखर्जीले निर्माता करण जोहरसँगको छलफलपछी फिल्मको काम लण्डनमा रहेको एक स्टुडियोमा गराउने सोच बनाएका छन् ।
फिल्मको हुन् सक्ने अनलाइन पाइरेसीलाई मध्यनजर गर्दै निकै कडाइका साथ यसको बाँकी काम गरिनेछ । आउँदो डिसेम्बरमा रिलिज हुने घोषणा गरिएता पनि त्यो हाललाई सम्भव छैन । यद्दपी आयनले फिल्मको काम छिटै सकाउने योजना अनुसार यस्तो गरेको बताएका छन् । यसको दोस्रो पार्ट पनि आउने छ । यद्दपी पहिलो पार्टको छायाँकन रनबिर कपूर र आलिया भट्टले सकाईसकेका छन् ।
यसैले गर्दा पनि यसको अब पोस्टप्रोडक्सनको काम मात्र बाँकी छ । आयन सक्दो छिटो काम सकाएर फिल्मलाई तयार गर्न चाहन्छन । ‘हामी फिल्मको काममा सम्झौता गर्दैनौ त्यसैले पनि यसलाई विदेशमा तयार गर्ने सोच बनाएका हौँ’ करणले बताए । पछिल्लो समय करणले निर्माण गरेको फिल्ममा यो अत्यधिक बढी बजेटको फिल्म हो । यसको बजेट बढ्दा उनले आफ्नो ड्रिम प्रोजेक्ट ‘तख्त’ को बजेट घटाएर काम गर्ने योजना बनाएका छन् । (एजेन्सी)












