पोर्चुगलको पुल बन्द गरेर छायाँकन

665 Shares

फिल्म । डान्स र एक्सनमा अगाडी नाम आउने दुई बलिउड एक्टर ऋतिक रोशन र टाइगर श्राफलाई सँगै देख्ने फ्यानको चाहना अब केहि समय मात्र बाकि छ । यी दुईलाई लिएर निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मको नाम ‘वार’ राखिएको छ भने यसलाई दर्शकले आउँदो अक्टुबर २ मा हेर्न पाउने छन् । यशराज फिल्म्सको ब्यानरमा निर्माण भईरहेको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा झनै बढेको छ । ट्रेलरले पाएको प्रतिक्रियाले यतिबेला मेकर दंगछन् ।

तर , यसको छायाँकनमा भने सोचे जस्तो सहजता थिएन । निर्देशक सिद्धार्थ आनन्दले निकै मेहनतका साथ् यसलाई तयार गरेका छन् । सिद्धार्थले सन् २००५ मा सलाम नमस्ते मार्फत निर्देशकको रुपमा डेब्यु गरेका थिए । त्यसपछी उनले तारारमपम , बचना ए हसिनो , अन्जाना अन्जानी , ब्याङ ब्याङ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

यसपटक उनले एकअर्काको कपि मानिने ऋतिक र टाइगरलाई आमने सामने ल्याएका छन । जहाँ ऋतिक र टाइगरको वारसँगै एक्सन देखाइएको छ भने लिड एक्ट्रेस वानी कपूर ग्लामर अवतारमा छिन् । फिल्मले ६ देशको रमणीय दृश्यमा छायाँकन भएको छ । जसक्रममा यसको एक एक्सनको सिक्वेन्स पोर्चुगलको पोर्टोमा गरिएको छ । यहाँ छायाँकनको क्रममा दुइ दिनसम्म पुल बन्द गर्नु पर्यो । जसले गर्दा सर्व साधारणलाई केहि समस्या समेत परेको थियो ।

टाइगरले ऋतिकलाई लखेट्ने सिनको छायाँकन भएकाले पुल नै बन्द गर्नु परेको निर्देशक सिद्दार्थले बताएका छन् । उनले एक्सन सिन भएकाले इजाजत लिएर नै पुल बन्द गरेको बताए । उनले स्थानीयले पनि चासोका साथ् एक्सन सिनको चर्चा गरेको बताए । ऋतिक र टाइगर भएकै कारण फिल्मले राम्रो कलेक्सन गर्नेमा निर्माण टिम विश्वस्त छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्