फिल्म । पछिल्लो समय बलिउडमा रनबीर कपूर र आलिया भट्ट प्रेममा रहेको चर्चा चलिरहेको छ । जसलाई यी दुईले सोसल मिडिया मार्फत ग्रीन सिग्नल दिईरहेका छन् । अर्थात् यी दुईले एकसाथ बिताएको समय र फेस्टिभलमा एक अर्कासँग हुनुलाई पनि यी दुईको प्रेम गाढा रहेको सहजै अनुमान लगाउन सकिन्छ । यो जोडी पहिलो पटक आयान मुकर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा देखिदैछन् । फिल्मको प्राविधिक काम पुरा नभएकै कारण फिल्म गत वर्ष रिलिज हुन् सकेन ।
साथै , यो प्रेम जोडीले विवाह गर्ने खबरले पनि उत्तिकै चर्चा पाइरहेको छ । आलिया पनि रनबीरको परिवारसँग नजिक भएकी छिन । यो जोडीले बारम्बार विहे गर्ने भानिएया पनि आधिकारिक रुपमा झैँ मिडियामा बोलेका छैनन् । यद्दपी पछिल्लो समय आलिया भने आफु प्रेममा रहेको स्वीकारेकी छिन् । आफ्नो प्रदर्शनको क्रममा रहेको फिल्म ‘गंगुवाई कठियावाडी’ को प्रमोसनको क्रममा उनले आफु रणवीरसँग प्रेममा रहेको बताएकी हुन् ।
‘बताउन पनि केहि छैन र लुकाउन पनि’ आलियाले भनेकी छिन् । उनले इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै आफुले रनबीरलाई धेरै माया गर्ने बताएकी छिन् । ‘म आफ्नो प्रेम जीवनको बारेमा धेरै कुरा गर्न चाहदिन तर लुकाउन पनि चाहदिन । म रनबीरसँग आफुलाई सहज महसुश गर्छु र उनलाई धेरै माया गर्छु’ आलियाले भनिन् । (एजेन्सी)











