‘पेन्सन पट्टा’ निर्देशन गर्दै माओत्से

फिल्म । कलाकार तथा निर्देशक माओत्से गुरुङले नयाँ फिल्म ‘पेन्सन पट्टा’ निर्देशन गर्ने भएका छन् । सशक्त कलाकारको रुपमा परिचित गुरुङले गुरुङ भाषाको फिल्म हुँदै ‘दयारानी’ मार्फत फिचर फिल्म निर्देशन गरेका थिए ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने फिल्मको कथा उनैले लेखेका हुन् भने केही दिनमा कलाकारसहित अन्य प्राविधिक विषयमा जानकारी गराउने तयारी निर्माण पक्षको छ ।

कमेन्ट गर्नुहोस्