फिल्म । गतवर्ष अभिनेता विक्की कौशलसँग विवाह बन्धनमा बाधिएकी कट्रिना कैफलाई एक सर्वेक्षणले बलिउडको नम्वर वान एक्ट्रेस बताएको छ । इन्डिया टुडेले गरेको मुड अफ दि नेसन सर्भेमा कट्रिनालाई नम्बर १ एक्ट्रेस भनिएको छ । सर्वेक्षणका अनुसार उनले पहिलो स्थानमा रहन ७.२ प्रतिशत मत प्राप्त गरेकी छन् । कट्रिना अभिनित ‘सूर्यवंशी’ मात्र गत वर्ष प्रदर्शनमा आएको थियो ।
यस्तै , दोस्रो स्थानमा रहेकी दीपिका पादुकोणले ६. प्रतिशत मत पाएकी छिन । पछिल्लो समय बलिउडसँगै हलिउडमा समेत आफुलाई उपस्थित गरेकी प्रियंका चोपडा ६.३ प्रतिशत मत प्राप्त गरेको सर्वेक्षणले देखाएको छ । उनि तेस्रो स्थानमा छिन । यस्तै , चौथो स्थानमा कंगना रनौत र पाचौँ स्थानमा करीना कपूर खान छिन् । उनीहरूले क्रमशः ४.९ र ३ं.६ प्रतिशत मत प्राप्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्











