के यो टिमअपको संकेत हो ?

फिल्म । अभिनेता आर्यन सिग्देल र निर्देशक दिनेश राउत संघर्षकालका साथी हुन् । यी दुइले आइएम सरी , नोभेम्बर रेन र क्लासिकमा अभिनेता र निर्देशकको रुपमा संगै काम गरिसकेका छन् । सपना देख्ने देखि मुर्तरुप लिनेसम्मसंगै रहेका यी दुइले ‘क्लासिक’ पश्चात काम गरेका छैनन् । यी दुइले काम गर्ने भनिएको ‘टकिला सनसाइज’ मा आपसी विचार भिन्न भएयता सहकार्य हुन् सकेको छैन ।

यी दुइका नजिकका सदस्यहरुको कुरा सुन्ने हो भने केही समय बोलचाल पनि बन्द भएको थियो । यद्दपी पछिल्लो समय यी दुइको सम्बन्ध सुध्रिएको छ । प्राय स्पेसल शो र प्रिमियरमा नदेखिने आर्यन पछिल्लो समय दिनेश निर्मित ‘सेल्फी किङ’ हेर्न प्रिमियरमा पुगेका थिए । फिल्मका निर्देशक विशाल सापकोटा आर्यन र दिनेशको उत्तिकै प्रिय मानिन्छन् । त्यसैले गर्दा पनि आर्यन फिल्म हेर्न पुगे । उनले फिल्मको प्रशंसा पनि गरे ।

त्यसपछि यी दुइको सम्बन्ध विस्तारै सुधारिएको नजिककान व्यक्तिहरु बताउछन् । दिनेश र आर्यनको लभस्टोरी जनरा राम्रै रुचाइएको टीम भएकाले पनि आउने समयमा यी दुइ बीच टिमअप हुने सम्भावना बढेको छ । जसलाई हालै सार्वजनिक एक तस्बीरले प्रस्ट्याएको छ । जहाँ आर्यन र दिनेशसंगै देखिएका छन् । तस्बीरमा यु दुइसंगै आर्यनका मित्र तथा युवाव्यवसायी गुणराज दाहाल पनि छन् ।

सामान्य भेटघाट पनि हुन् सक्छ । यद्दपी निषेधाज्ञामै भेटघाटको कारण फिल्मकै कुराकानी त होइन भन्ने चर्चा पनि चलन थालेको छ । यद्दपी यस विषयमा आर्यन र दिनेशले केहि प्रतिक्रिया दिएका छैनन् । आर्यनका साथी गुणराज पनि फिल्म निर्माणमा आउने चर्चा फिल्मनगरीमा छ । यसैले पनि यी तीनको भेटघाट काम या सामिप्यता भन्न सकिने अवस्था छैन । दिनेश र आर्यनबीच पुनः टिमअप भएको खण्डमा दर्शकका लागि पनि खुसीको खबर हुनेछ ।

कमेन्ट गर्नुहोस्