हिन्दी गीतमा टंक

संगीत । डेब्यु फिल्म ‘सरौतो’ मा भिलेन अवतारमा प्रस्तुत लियो ट्यांक अर्थात् टंक धमलाले राम्रै चर्चा पाए । उनको बडी र पर्सानिलिटीले उनलाई डेब्यु फिल्ममै दर्शकसँगै फिल्मकर्मी माँझ पनि नोटिस गरायो । लन्डनमा बसोबास गर्ने लियो पेशाले भने चार्टर एकाउन्टेन्ट हुन् । तर, उनले सुरुवात भने फिल्मको अध्यन मार्फत नै गरेका थिए । उनि पछिल्लो समय फिल्म तथा मोडलिङमै आफ्नो भविष्य देखिरहेका छन् ।

सन् २००९ मा बेलायत पुगेका लियोले अभिनय गरेको ब्रिटिस एअरलाइन्सको विज्ञापनमा अभिनय गरिसकेका छन् । केहि समय अगाडी मात्र वेव फिल्म ‘कर्मा’ मा देखिएका टंक पछिल्लो समय म्युजिक भिडियोका कारण चर्चामा छन् । हिन्दी म्युजिक भिडियोमा देखिएपछि उनको चर्चा बढेको हो । ‘तेरे वादे’ बोलको गीतको भिडियोमा उनलाई टिना शर्मा, श्वेता पाटिल र असद सानले साथ दिएका छन् ।

विनय राम तिवारीले भिडियो निर्देशन गरेका हुन् भने उनकै कम्पोजमा गीत तयार भएको हो । हिन्दी फिल्म ‘तुम बिन’ को लोकप्रिय गीत तुम बिन जिया जाए कैसै , तेरी फरियाद लगायतका ५० बढी गीतलाई तिवारीले कम्पोज गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्