तिहारपछी ‘एक्सन नाइन’

फिल्म । पछिल्लो समयका नेपाली फिल्मका सर्वाधिक महंगा अभिनेता अनमोल केसीले छायांकन गरेको पछिल्लो फिल्म हो ‘ए मेरो हजुर ४’ । उनि यो फ्रेनचाइजमा जोडिएको यो दोस्रो पटक हो । यिनै अनमोलले होम प्रोडक्सनको फिल्म गर्ने चर्चा चलेको लामो समय नै भइसक्यो । ‘क्याप्टेन’ अपेक्षित रुपमा सफल नभएपछी उनका पिता तथा सदाबहार अभिनेता भुवन केसीले होम प्रोडक्सनलाई फ्लोरमा लाने तयारी थालेका छैनन् ।

यसको अर्को कारण कोरोना भाइरसको विभिन्न लहरहरु पनि रहेको छ । एक भेटमा उनले अवस्था सामान्य नभएसम्म छायांकनमा जान गाह्रो हुने बताएका थिए । ‘छायांकनको प्लान गरेर के गर्नु कतिबेला बन्द हुन्छ भन्ने नै थाहा हुदैन । त्यसैले अवस्था सामान्य नभएसम्म पर्खिनु पर्ला’ भुवनले भनेका थिए । किनकी उनले निर्माण गरेको भनेको फिल्मको संख्या नै ३ पुगिसकेको छ ।

एन्टी हिरो , पारस , माइतीघर २ लगायत होम प्रोडक्सनमा निर्माण हुने चर्चा चलेको थियो । यद्दपी पछिल्लो समय अनमोल ‘एक्स नाइन’ नामक फिल्ममा देखिने तयारीमा छन् । मुकुन्द भट्टको निर्देशनमा बन्ने फिल्ममा अनमोललाई ‘ह्यान्डसम’ पारिश्रमिक सहित अफर गरिएको हो । मुकुन्दको निर्देशनमा तयार लप्पन छप्पन २ प्रदर्शनका लागि तयार छ ।

एक्सन जनरमा फिल्म निर्देशन गरिरहेका मुकुन्दले अनमोललाई एक्सन स्टारको रुपमा देखाउने तयारीमा छन् । अनमोल पनि कृ पछी एक्सन अवतारमा प्रस्तुत हुने तयारीमा छन् । फिल्मको थिम , निर्देशकको प्रस्तुति शैली र स्टार कास्टले फिल्म प्रति अनमोल आकर्षित भएको बताइन्छ । फिल्ममा सौगात मल्ल, पुष्प खड्का र नबिन लम्साल,अनुपविक्रम शाही , प्रियंका थापा र राज कटुवाल पनि महत्वपूर्ण भूमिकामा रहने बताइएको छ । नेपालसँगै युरोपका विभिन्न सहर र आबुधाबीमा सुटिङ हुने फिल्मको तिहारपछि सुटिङ सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।

कमेन्ट गर्नुहोस्