फिल्म । लामो समयदेखि प्रोडक्सनको क्षेत्रमा सक्रिय अनन्त प्रसाद तिमिल्सिना निर्देशकको रुपमा दर्शकमाझ आएका छन् । म्युजिक भिडियो, विज्ञापन तथा फिल्मको प्रोडक्सनमा लामो समयदेखि काम गर्दै आएका तिमिल्सिनाले आफ्नै निर्देशनको छोटो फिल्म ‘अधूरो प्रेम’ लिएर दर्शक माँझ आएका हुन् । इन्टरनेट रिलिज गरिएको फिल्म दुई जना पात्रले प्रेमको नयाँ स्वरुपलाई चित्रण गगरेको बताइएको छ ।
फिल्ममा उपदेश तिमिल्सिना तथा सामिया कार्कीले अभिनय गरेका छन् । १७ मिनेट लामो फिल्मलाइ शिशिर कार्कीले लेखेका हुन् , भने स्क्रिनप्ले पनि उनकै रहेको छ । खुशी तिमिल्सिना तथा अरोज तिमिल्सिनाको निर्माणमा तयार भएको यो फिल्मलाई रामकुमार केसीले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।
कमेन्ट गर्नुहोस्








