देश । लकडाउन भएपछी सर्वसाधारण शेयर बजार तर्फ आकर्षित भइरहेका छन् । पछिल्लो समय दैनिक रुपमा हुने कारोबारले पनि नयाँ उचाई लिनुका साथै आम मानिसको आकर्षणलाई प्रस्ट्याउछ । तर , निषेधाज्ञा भएसंगै नयाँ आइपीओ अर्थात् सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनले अनुमति पाउन सकेको थिएन ।
यसैबीच नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्न जेठ ३० गते अनुमति दिएको छ । लघुवित्तले १९ लाख ७७ हजार ३ सय कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको हो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ।
लघुवित्तले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी-आइआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।











