नयाँ ७ संक्रमित

देश । कोरोना भाइरस (कोभिड १९) को थप नयाँ ७ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । अछाममा २५ वर्षीय पुरुष , बर्दियाको गुलरियामा २२ , २४ र १८ वर्षीय पुरुष , पर्सामा १८ वर्षीय पुरुष र काठमाण्डौ घर भइ बारामा कार्यरत छन् ।

नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थपिएका नयाँ संक्रमितहरुमध्ये अछाममा मलेख गाउँपालिकाको २५ वर्षीय पुरुष १ जना, बर्दियाको गुलरिया १० का २२ र २४ वर्षीय पुरुष र गुलरिया २ को १८ वर्षीय पुरुष, पर्सामा जिराभावानी गाउँपालिकामा रहेको कालिका माइ क्वारेन्टाइनमा रहेका १८ वर्षीय पुरुष र काठमान्डौ महानगरपालिका १५ घर भइ बारामा कार्यरत २८ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको हो । सोमबार दिउसो मात्रै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ९५ हजार १ सय ९२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५१ हजार ६ सय ४२ परीक्षणहरु गरिएका छन् । क्वारेन्टाइनमा ४६ हजार २९ जना रहेका छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्