देश । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग भेटवार्ता गरेका छन् । नेकपाको विवाद चर्किएको समयमा राजदुत यान्छीले सक्रियता बढाउदै मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीसँग भेटवार्ता गरेकी छन् । केहि समय यता नेपाली राजनीतिमा आफ्नो सक्रियता बढाईरहेकी यान्छीको भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म चलेको बताइएको छ ।
गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यसबेला नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् । अहिले फेरि चर्किएको नेकपा विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ ।
कमेन्ट गर्नुहोस्