टिभी । पछिल्लो समय रियालिटी शोले दर्शकको ध्यान तान्ने गरेका छन् । कोरोना भाइरसले सिर्जित अवस्थाका कारण घरमै रहेका दर्शकहरुको प्रिय बन्ने गरेका छन् , रियालिटी शो । यसमध्ये कुरा गरौँ , इन्डियन आइडलको बारेमा । भारतीय टेलिभिजन सोनीमा प्रसारण हुने यो गायन शो नेपालमा पनि चर्चित छ । यसको तेस्रो सिजनमा नेपाली मुलका प्रशान्त तामाङ विजेता बनेका थिए । त्यस यता नेपालमा पनि यसको फ्यान बढ्दो छन् ।
त्यसपछि शो पछ्याउनेको संख्या नेपालमा पनि बढ्दो भयो । या भनौ प्रशान्तको जितले भारतीय रियालिटी शोमा नेपाली पनि सहभागी हुन् थाले । पछिल्लो समय भारतमा लकडाउन भएता पनि इन्डियन आइडल प्रशारण भइरहेको छ । शो अगाडी बढेको छैन , तर यसले दर्शकलाई मनोरञ्जन भने दिई रहेको छ । यहाँ प्रतियोगीले गाउँदा निर्णायक र अतिथिले एकदमै तारिफ गर्ने गरेका छन् ।
स्क्रिप्टेड शोमा प्रतियोगीले पाउने कमेन्टलाई लिएर बेलाबखतमा विवाद हुने गरेको छ । केहि समय अगाडी गायक सोनु निगमले शोमा नराम्रो कमेन्ट गर्न नपाइने बताएका थिए । उनले प्रतियोगीको आवाज पुनः रेकर्ड गरेर प्रशारण गर्ने गरिएको बताएका थिए । उनले यो बताएको केहि समय पश्चात अर्की गायिका सुनिधी चौहानले पनि टीआरपीका लागि झुटो तारिफ गर्न लगाइने खुलासा गरेकी छिन् ।
उनले निर्णायकको सोचलाई पर राखेर प्रतिस्पर्धीहरुको झुटो तारिफ गर्न लगाइने पनि बताएकी छिन् । ‘झुटो प्रसंशाले उनीहरु मेहनती बन्न सक्दैनन्’ चौहान भन्छिन् ,’यसै कारण शो सकिएपछी उनीहरु गुमनाम हुन्छन् ।’ पछिल्लो समय इन्डियन आइडलमा सहभागी पवनदीप राजनले ‘द भ्वाइस अफ इन्डिया’ को टाइटल जितिसकेका छन् । यद्दपी उनको यो यथार्थलाई बाहिर ल्याइएको छैन ।
यस्तै शोकै टीआरपी बढाउन सबाइ भाटको झुटो स्टोरी प्रशारण गरिरहेको आरोप पनि लाग्ने गरेको छ । गायक सोनु निगम र गायिका सुनिधी चौहान इन्डियन आइडलमा निर्णायकको रुपमा रहिसकेका छन् ।










