विदेश । अघिल्लो वर्षनै स्पेनिस क्लब बार्सिलोनाले कप्तान लिओनल मेसीले क्बल छाड्ने विषयमा निकै चर्चा भएको थियो । उनले क्लबमा नरहने घोषणा गरेसंगै ठुलै हंगामा भएको थियो । यद्दपी सम्झौताका कारण उनि क्लबमै रहे । यसवर्ष बार्सिलोनासँग मेसीको सम्झौता आगामी जुन ३० मा सकिँदैछ । क्लबले मेसीलाई सम्झौताका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । यद्दपी यसबारे मेसीले केहि बताएका छैनन् ।
हाल आउँदो जुन १३ बाट सुरु हुने कोपा अमेरिका कपको लागि मेसी अर्जेन्टिनामा छन् । बार्सिलोना क्लबबाट नै आफ्नो फुटवलको करियर सुरु गरेका ३३ वर्षीय मेसीले क्लबको सन् २०२१/२२ को सिजनमा कस्तो योजना आउँछ भनेर पर्खिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आफ्नो कप्तान तथा मुख्य खेलाडी मेसीलाई क्लबमै राख्नका लागि अध्यक्ष जोन लापोर्टा पनि लागिपरेका छन् । उनले अध्यक्षको निर्वाचनमा मेसीलाई क्लबमा राख्ने विषयलाई मुख्य एजेण्डा बनाएका थिए । (एजेन्सी)











