विदेश । पछिल्लो समय कोरोना भाइरसले अत्यधिक असर गरेको देशमा पर्छ , संयुक्त राज्य अमेरिका । यहाँ संक्रमित र मृत्यु हुनेको संख्या उल्लेख्य छ । अन्य देशको तुलनामा यो निकै बढी हो । यद्दपी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो केहि दिन यता संक्रमित र मृत्यु हुनेको संख्या घट्दो रहेको बताएका छन् । यद्दपी त्यहाँ ९० हजार भन्दा बढीको मृत्यु भईसकेको छ भने १६ लाखको हाराहारीमा संक्रमित भइसकेका छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि ३० दिनको म्याद (अल्टिमेटम) दिएका छन् । उनले यो समयमा डब्ल्यूएचओले माग पूरा नगरेको खण्डमा अमेरिकाले दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएको ट्विटर मार्फत जनाएका छन् । उनले त्यहाँ डब्ल्यूएचओका प्रमुखलाई पठाएको पत्र पोष्ट गरेका छन् । यो पत्रमा उनले डब्ल्यूएचओले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि आवश्यक कदम नचालेको भन्दै आलोचना गरिएको छ । (एजेन्सी)








