विदेश । विश्वकै उत्कृष्ट फरवार्ड मध्येका एक तथा इटालियन लेजेण्ड तथा फिफा विश्वकप फुटबलको विजेता पाउलो रोसीको निधन भएको छ । ६४ वर्षको उमेरमा उनको निधन मंगलवार भएको आरएआई टीभी पुष्टि गरेको छ । पछिल्लो समय उनि उक्त टिभीसँग कार्यरत थिए । सन् १९८२ मा इटलीलाई विश्वकप विजेता बनाएका रोसीले उक्त वर्ष गोल्डेन बल र बुट दुवै जितेका थिए ।
यसैले गर्दा पनि उनलाई फुटवल जगतमा उत्कृष्ट खेलाडी मध्ये एक मानिन्छ । रोसीले सन् १९८२ मा बालोन डेओर अवार्ड समेत जितेका थिए । युभेन्ट्स र एसी मिलानका पूर्व खेलाडी समेत रहेका रोसीले इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरे । उनले चार सिजन युभेन्ट्समा बिताउँदा दुई सिरी ए, एक युरोपियन कप र एक कोपा इटालिया जिते । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










