आईपीएलमा चेन्नाईको शानदार जित

विदेश । शनिवारबाट इण्डियन प्रिमियम लिग (आईपीएल) सुरु भएको छ । सुरुवाती खेल अघिल्लो वर्षको विजेता र उप-विजेताले खेल छन् । आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नाई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको छ । युएईको अबुधाबीस्थित शेख जायद रंगशालामा भएको खेलमा मुम्बईले टस हारेर पहिले ब्याटिङ गरेको थियो ।

मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । १ सय ६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १ सय ६६ रन बनाउदै जित हासिल गरेको हो । चेन्नाइको जितमा अम्बाती रायडुले ४८ बलमा ७१ र फाफ डु प्लेसिसले ४४ बलमा नटआउट ५८ रन बनाए । चेन्नाईका लुंगी निग्डीले सर्वाधिक ३ विकेट लिए । रविन्द्र जडेजा र दीपक चहारले २–२ विकेट लिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्