छायांकनमा ‘प्रेमगन्ज’

फिल्म । परिच्छेद सेनले निर्देशनमा तयार हुने फिल्म ‘प्रेमगन्ज’को छायांकन सुरु भएको छ । सोमबार काभ्रेबाट यसको छायांकन सुरु भएको हो । चौतारी फिल्म्सको ब्यानरमा निर्माण हुन फिल्मको ४० दिनको सेड्युल बनाइएको छ । यसलाई काभ्रेको केहि भेगसँगै काठमाडौंमा पनि खिचिने छ । कोरोना भाइरसको संक्रमणको दोस्रो लहर बढिरहदा फिल्म युनिट छायांकनमा निस्किएको हो ।

राजु फुयाँलको लगानी रहेको फिल्ममा बेनिशासँगै तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त, सिम्रन खड्का, आयुषी ढकाल लगायतका कलाकारहरुको अभिनय रहने छ । फिल्मलाई संजय लामाले खिच्दैछन् ।

कमेन्ट गर्नुहोस्