सौन्दर्य। विश्वकर्मा समुदायको युवायुवतीहरुलाई लक्षित गर्दै बिब्रोस् इन्टरटेनमेन्टले दोस्रो संस्करण ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२३’ गर्ने भएको छ । प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सञ्जय विश्वकर्माले जानकारी दिए ।
‘म आफैँ पनि मोडलिङमा सक्रिय भएकाले प्रतिभालाई मौका दिउँ भनेर यसको सुरुआत गरेको हुँ । अघिल्लो वर्षबाट सुरू भएको यस प्रतियोगिताको विजेतालाई समेत हामीले मौका दिएर अगाडी बढाउने गरेका छौँ’, अध्यक्ष विश्वकर्माले भने । जेठ २६ गते राष्ट्रिय नाचघरमा जमलमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाको लागि २३ जना युवायुवती रहेका छन् । नेपालभरबाट छनोट भएका प्रतिस्पर्धीहरुलाई झण्डै एक महिनाको विषेश प्रशिक्षण दिइएको छ ।
नेपालका चर्चित मोडल तथा कोरियोग्राफर दिक्पल कार्कीबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगितामा फेसन डिजाइनर रोहित चौधरी, रोविन परिवार र ज्वाला राज पोखरले पहिरनको डिजाइन गर्नेछन् । प्रतियोगितामा १६ वर्षदेखी २९ वर्ष उमेर समूहका युवायुवतीहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताका विजेताले नगद पुरस्कार सहित विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा सहभागीसँगै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेछन् ।










