‘आदित्य वर्मा’ टिजर आउट (भिडियो)

फिल्म । यतिबेला बलिउडमा चर्चा छ त शाहिद कपूरको । पछिल्लो समय उनको रिलिज फिल्म ‘कबिर सिंह’ ले पाएको सफलताले मात्र होइन , उनको अभिनय क्षमताको कारण चर्चा बढ्दो छ । कबिर सिंहलाई जीवन्त बनाउन शहिदले कुनै कसर बाँकी राखेका छैनन् ।

उनले आफुलाई प्रस्तुत गरेको भूमिकाकै कारण यतिबेला शाहिद फेरी छाएका छन् । पछिल्लो समय कमिने र हैदर जस्ता फिल्म मार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहिदले नयाँ उपनाम कबिर सिंह पाएका छन् । फिल्मले पहिलो साताको वुधवारसम्ममा एक सय बिस करोड बराबरको कलेक्सन गरिसकेको छ । यसैले गर्दा पनि कबिर सिंहको चर्चा बढ्दो नै छ ।

कबिर सिंह तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो । अब यसको नयाँ रिमेक तामिलमा बन्ने भएको छ । बलिउडपछी यसलाई आदित्य वर्मा नाममा तामिल भाषामा रिलिज गरिँदैछ । फिल्ममा चियाँन विक्रमका छोरा ध्रुव विक्रम लिड रोलमा छन् । उनलाई आदित्य वर्माको क्यारेक्टर निर्वाह गरेका छन् । गिरीसायाले यसलाई निर्देशन गरेका छन् । अर्जुन रेड्डी र कबिर सिंहलाई भने एकै निर्देशक सन्दीप वांगा रेड्डीले निर्देशन गरेका थिए । आदित्य वर्माको सार्वजनिक टिजरले पनि राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

कमेन्ट गर्नुहोस्