‘बाबरी’ मा धिरजसँग अदिति

फिल्म । सुरेन्द्र पौडेलको निर्देशनमा नयाँ फिल्म ‘बाबरी’ को छायांकन सुरु भएको छ । कोरोना भाइरसको दोस्रो लहरले जनजीवन सामान्य नहुदा फिल्मको छायांकन भने पुर्वको सुन्दर स्थान लेटाङबाट सुरु भएको छ । छायांकन केहि समय अगाडी नै सुरु हुने भनिएता पनि निर्देशक पौडेलको आमाको निधन भएको कारण रोकिएको थियो ।

त्यसकारण नै तीन साता सेड्युल ढिलीएको हो । फिल्ममा धिरज मगर र अदिति बुढाथोकीको मुख्य अभिनय रहेको छ । फिल्म युनिटले सेटबाट सार्वजनिक गरेको तस्वीरमा धिरज र अदितिको केमेष्ट्री प्रस्ट्याइएको छ । यसमा धिरज र अदितीको साथमा धिरज टोटलानी, तृप्ति नाडकर लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । अर्का लिड क्यारेक्टर धिरज अभिनेत्री तृप्तिका छोरा हुन् ।

दुइ युवा र एक युवतीको त्रिकोणात्मक प्रेम कथामा आधारित रहने फिल्मको छायांकन लेटाङसँगै बुधबारे र सिक्किममा हुनेछ । बाबरी फिल्मको प्रस्तुतिमा तयार हुन यो फिल्म २ साता नेपालमा छायांकन गरेपछि सिक्किम प्रस्थान गर्ने तयारीमा छ ।

कमेन्ट गर्नुहोस्