हलमा आमा र सेन्टी भाइरस

फिल्म । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा बन्द रहेका हल शुक्रबार अर्थात् पुष १० गतेबाट खुल्दैछ । हल बन्द हुँदा प्रदर्शनरत फिल्महरु आमा र सेन्टी भाइरससँगै केहि विदेशी पुराना फिल्म शुक्रबार रिलिज हुदैछ । नेपाल सरकारले फिल्म हल खोल्ने अनुमति दिएको अवस्था नरहेता पनि चलचित्र संघले हल खोल्ने घोषणा गरिसकेको छ ।

हल खुल्ने घोषणा भएता पनि यो जानकारी दर्शकसम्म पुग्न सकेको छैन । दर्शकलाई आकर्षण हुने फिल्म रिलिज हुने वा कलाकारहरु केहि शोमा उपस्थित हुने लगायतका कार्यक्रमहरु तय नभएकै कारण जानकारी प्राप्त छैन । यद्दपी वितरक तथा केहि कलाकारहरु फिल्म खुल्ने जानकारी सामाजिक सञ्जाल मार्फत दिईरहेका छन् ।

फिल्म निर्देशक , निर्मातासँगै वितरक समेत रहेका प्रचण्डमान श्रेष्ठले समाजिक सञ्जालमा लेखेको स्टाटसलाई धेरैले शेयर गरेर आफ्नो सामाजिक सञ्जाल मार्फत फिल्म हल खुल्ने जानकारी दिईरहेका छन् । यद्दपी दर्शक माँझ परिचित अनुहार र नाम भएका कलाकारहरुले हल खुल्ने जानकारी दिएर दर्शकलाई हलमै फिल्म हेर्न आग्रह गरेको निकै कम देखिएको छ ।

शुक्रबार रिलिज हुने फिल्म आमालाई प्रशुपति प्रसाद जस्तो फिल्म निर्देशन गरेर चर्चा कमाएका दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । यस्तै , धुर्मुस र सुन्तलीको उपनामले दर्शक माँझ परिचित सिताराम कट्टेल र कुञ्जना घिमिरे ‘सेन्टी भाइरस’ मार्फत केहि वर्षको अन्तरालमा अभिनय र निर्माणमा आएका हुन् ।

आमा

फिल्म ‘आमा’मा आमा र छोरीको कथा देखाइएको छ । दीपेन्द्र के खनालले निर्देशन गरेको पछिल्लो फिल्म ‘पशुपति प्रसाद’ पछि उनले सर्वाधिक चर्चा कमाएको फिल्म हो । फिल्मले ‘वर्ड अफ माउथ’ राम्रो पाएको थियो । निर्देशक खनालको कथा, पटकथा तथा निर्देशनमा तयार फिल्म नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको यस फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा छिन । फिल्मकी अर्की लिड कलाकार सुरक्षा पन्त हुन् । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् ।

सेन्टी भाइरस

फिल्म ‘सेन्टी भाइरस’मा धुर्मुस र सुन्तलीको उपनामले परिचित जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे छन् । टेलिफिल्म ‘मेरी बासैँ’ मार्फत दर्शक माँझ स्थापित यो जोडी यसै फिल्म मार्फत लामो समयपछी पर्दामा देखिएको हो । फिल्ममा धुर्मुस र सुन्तलीसंगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, वसन्त भट्ट, कमलमणि नेपाल, सन्दिप क्षेत्री, पवन खतिवडा, एलिशा राई, सुनीता घिमिरेलगायतको अभिनय छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्