परितोसिकालाई सकारात्मक प्रतिक्रिया

संगीत । गायिका अञ्जु पन्तकी छोरी परितोसिका पन्तले अभिनयमा डेब्यू गरेकी छिन् । उनले अञ्जुकै गीत ‘ धेरै माया नदेउ’ को भिडियो मार्फत अभिनयमा पाइला टेकेकी हुन् । गीतमा अञ्जुको स्वरसँगै संगीत पनि रहेको छ भने शब्द सुरेश वाग्लेले कोरेका छन् । भिडियो मार्फत अभिनय यात्रा सुरु गरेकी परितोसिकालाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।

गीतसँगै जोडिएर आएका कमेन्ट मार्फत उनलाई प्रवेशमा सुखद प्रतिक्रिया मिलेको छ । उनको साथमा भिडियोमा कुनसाङ बोमजमले अभिनय गरेका छन् । निर्देशक निकेश खड्काले परितोसिकालाई अभिनय यात्रामा डेब्यू गराएका हुन् । कलरफूल रोमान्टिक भिडियो बनाउन माहिर मानिने निकेशले भिडियो मार्फत परिले दर्शकको मनमा स्थान बनाउनेमा विश्वस्त छन् । भिडियोमा धिरजजंग शाहको डिओपी र विकास धमलाको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्