फिल्म । सन् २०२० मा गुगलमा सबै भन्दा बढी खोजिने फिल्मको लिस्टमा ‘दिल बेचारा’ शिर्ष स्थानमा छ । सर्च इन्जिन गुगलमा वर्ष २०२० मा सबै भन्दा बढी खोजिने फिल्मको लिस्ट अन्य फिल्म पनि छन् , जहाँ स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ नम्बर १ मा परेको छ । सुशान्तको देहान्तपछी उनको फ्यानले अन्तिम फिल्मलाई रेकर्ड ब्रेककै हिसाबले माया गरेका थिए ।
यस्तै नम्बर २ मा साउथ इण्डियन स्टार सूर्याको सूराराइ पोत्तरु , नम्बर ३ मा अजय देवगनको तान्हाजी , नम्बर ४ मा विद्या बालनको शकुन्तलादेवी , नम्बर ५ मा गुन्जन सक्सेना , नम्बर ६ मा अक्षय कुमारको लक्ष्मी , नम्बर ७ मा संजय दत्तको सडक २ , नम्बर ८ मा बागी ३ , नम्बर ९ मा क्रिस हेम्सवर्थको एक्सट्रयाकसन् र अन्तिम नम्बर १० मा अमिताभ बच्चन अभिनित फिल्म गुलाबो सिताबो रहेको छ ।
कमेन्ट गर्नुहोस्











