‘पारा’को संशोधित गीत र भिडियो आउने

संगीत । केहि समय यता नेपाली सांगीतिक बजारमा भिटेनको चर्चा छ । भिटेनको उपनामले चर्चामा रहेका र्‍यापर समिर घिसिङले आफ्नो नयाँ र्‍याप ‘पारा’ सार्वजनिक गरेसँगै चर्चामा आएका हुन् । उनले गीतमा प्रयोग गरेको आपत्तिजनक शब्दहरुले गर्दा उनि प्रहरीको कारवाहीमा पर्ने संकेत देखिएको हो । यसैबीच प्रहरीले कारवाही गर्ने थाहा पाएपछी भिटेनले आपत्तिजनक शब्दहरु संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल आधिकारिक फेसबुक पेजमार्फत विज्ञाप्ति सार्वजनिक गर्दै नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संशोधन गरेर नयाँ गीत तयार हुने जनाएका छन् । ‘सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दहरुबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ,’उक्त म्युजिक भिडियोलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारिक च्यानलबाट चाँडै नै संशोधित भिडियो प्रशारण हुने जानकारी गर्दछौं ।’ विज्ञप्तिअनुसार कात्तिक १३ गते नै उक्त गीत युट्युबबाट हटाइएको छ ।

कमेन्ट गर्नुहोस्