१ हजार १ सय ११ जनामा कोरोना संक्रमण

देश । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या नेपालमा बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्र मुलुकभर थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो संख्या थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा उपत्यकामा कोरोना भाइरसका ३ सय ७७ संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ सय ७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका हुन् । साथै , पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५ सय ६९ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

मन्त्रालयका अनुसार बिहीबारबारसम्म पीसीआर विधिबाट ६ लाख ४७ हजार ८ सय ८१ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १२ हजार ६ सय २९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४ सय ८८ जना रहेका छन् ।

कमेन्ट गर्नुहोस्