विदेश । पछिल्लो समय विश्वनै कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा परिरहेको छ । विस्तारै विश्वकै समस्या बनेको यो कोरोना भाइरस गत वर्षको डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा प्रमाणित भएको थियो । त्यसयता यो विश्वकै टाउको दुखाइ बनेको छ । यसबाट पछिल्ला दिनमा अमेरिका अझै तनावमा रहेको छ । सुरुवाती दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले यसलाई ‘चाइनिज भाइरस’ भनेका थिए । यद्दपी पछी उनले सच्याउदै क्षमा मागे । यतिबेला अमेरिकाले आफ्नो साख पनि यसै भाइरसको कारण क्रमस गुमाउदै छ ।
यसैबीच संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि कोरोना भाइरसको परिक्षण गरिएको छ । उनले दोस्रो पटक यसको परिक्षण गराएका हुन् । उनको दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिए । उनले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तिब्र परीक्षण प्रविधि प्रयोग गरिएको बताए । फिचिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमूना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि जानकारी दिए । (एजेन्सी)









