संगीत । गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘हुन्छ खोसा खोस’ बोलको गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको छ । सार्वजनिक गीतमा सागर लम्साल, मञ्जिल बस्नेत, प्रिज्मा-प्रिन्सी खतिवडाको अभिनय रहेको छ । डान्सिङ शैलीमा तयार भएको यस गीतको भिडियोमा सागर र प्रिज्माले जोडी बाँधेका छन् भने मञ्जिलसँग प्रिन्सीको जोडी देखाइएको छ ।
भद्रगोल तथा सक्किगोनीबाट चर्चामा आएका सागर लम्साल ‘बले’ र टिकटकबाट आएका मञ्जिल तथा प्रिज्मा-प्रिन्सी चार जनाले दोस्रो पटक भिडियोमा एकसाथ काम गरेका हुन् । उनीहरुले यस अघि ‘रनभुल’ बोलको गीतमा सँगै काम गरेका थिए । प्रिज्मा-प्रिन्सीसँग सागरले मात्र भने आधा दर्जन बढि भिडियो गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्










