मोदी छैनन् चिनिया एपमा

विदेश । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ एपबाट आफ्नो अकाउन्ट डिलिट गरेका छन् । केहि समय यता चीन–भारतबीच बढ्दो सीमा विवादपछि प्रधानमन्त्री मोदीले बुधबार ट्वीटरजस्तै सिनो विइबो नामक चिनियाँ एपबाट सन् २०१५ मा खोलिएको आफ्नो अकाउन्ट डिलिट गरेका हुन् ।

प्रधानमन्त्री मोदीले सन् २०१५ मा चीन भ्रमण गर्न जाँदा सिनो विइबोमा अकाउन्ट खोलेका थिए । विइबोमा उनको दुई लाख फलोअर्स छन् भने डिलिट हुनुअघि एक सय पोष्टहरू गरिएका थिए। उनले ट्वीटर धेरै चलाए पनि सिनो विइबो भने विरलै चलाउँथे । भारत टिकटकसहित ५९ चिनियाँ एपहरूमा प्रतिबन्ध लगाएका थिए ।

कमेन्ट गर्नुहोस्