प्रदेश नं २ : ८२ जनाले जिते कोरोना

देश । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा ८४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेहरुमा सुनसरीका ३ जना, रौटहटका ५७ जना, बाराका ७ जना, सर्लाहीका ४ जना, सप्तरीका ९ जना, महोत्तरीका ४ जना रहेका छन् ।महोत्तरी जिल्लाको गौसला नगरपालिका वडा नम्वर २ का २१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी महोत्तरी जिल्लाकै मनरवा सिसवा नगरपालिका वडा नम्वर ८ का ५० बर्षिय पुरुष र सोही नगरपालिकाको वडा नम्वर १० का २२ र ३० बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बारा जिल्लाको सिमरौनगढ नगरपालिकाका १७ बर्षिय किशोर सहित १९ देखि ४० बर्ष उमेर समुहका ७ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा यस प्रदेश नम्वर २ मा ८ महिला र ७४ पुरुषगरी ८२ जना कोरोना भाइरस संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । उनीहरु रौतहड जिल्लाको गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा सञ्चालित आइसोलेसन कक्षबाट जेठ २७ गते डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा रौतहट जिल्लाको इशनाथ नगरपालिकाका ३ महिला र ३७ जना पुरुषहरु रहेका छन् । त्यसैगरी रौतहट जिल्लाकै बौधिमाई नगरपालिकाका ३ जना, मौलापुर नगरपालिकाका ४ जना, कठहरिया नगरपालिकाका ३ जना, देवाही गोनाही नगरपालिकाका १० जना पुरुषहरु डिस्चार्ज भएका छन् ।

त्यसैगरी रौतहट जिल्लाकै राजदेवी नगरपालिकाबाट १ महिला र २ पुरुष समेत डिस्चार्ज भएका छन् । रौतहट जिल्ला गौर नगरपालिका स्थित गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा उपचार गराई रहेका ४ जना महिला र १३ जना पुरुष गरि कुल १७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । यसरी पछिल्लो चौविस घण्टामा डिस्चार्ज भएका ८२ जना सहित यस प्रदेशका ३ सय ८१ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्